मरस्याङदीको डिलैमा बसी (गीत)

नीर बिवश
मरस्याङदीको डिलैमा बसी हेर्थ्यौ हामी कञ्चन पानी
बगी जाने पानी जस्तै भन्थ्यौ हाम्रो जिन्दागानी

हातमा हात मिलाई हिड्यौ बेशीसहर बजारमा
झट्टै माया लायो हाम्रो पहिलो नजरमा
मरस्याङदीको डिलैमा बसी हेर्थ्यौ हामी कञ्चन पानी
बगी जाने पानी जस्तै भन्थ्यौ हाम्रो जिन्दागानी

काफल खाना गयौ हामी हिले बनैमा
अझै झल्को आइरहन्छ यो मरो मनैमा
मरस्याङदीको डिलैमा बसी हेर्थ्यौ हामी कञ्चन पानी
बगी जाने पानी जस्तै भन्थ्यौ हाम्रो जिन्दागानी

पहिलो पत्र लेखे उनलाई अजानैमा
कहिल्यै उत्तर आएन के सोच्यो मनैमा
मरस्याङदीको डिलैमा बसी हेर्थ्यौ हामी कञ्चन पानी
बगी जाने पानी जस्तै भन्थ्यौ हाम्रो जिन्दागानी

उनकै लागी छोडे मैले बेशीसहर
भुली जाने माया उनको बानी हो कि रहर
मरस्याङदीको डिलैमा बसी हेर्थ्यौ हामी कञ्चन पानी
बगी जाने पानी जस्तै भन्थ्यौ हाम्रो जिन्दागानी

Posted on:2008-08-04 07:47:44

Comments on above topic:

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:

More Lyrics

   »| मेरो परिचय
   »| मरस्याङदीको डिलैमा बसी (गीत)